पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार काराेबार मापक नेप्से झन्डै ५५ अङ्कले बढेको छ । होटल र म्युचल फन्ड समूहबाहेक अरू समूहको शेयर बढेपछि नेप्से ५४ दशमलव ३१ अङ्कले बढेर तीन हजार ५८ दशमलव ६३ विन्दुमा पुगेको छ ।
आज बैकिङ समूहकाे शेयर ७२ अङ्कले, व्यापारको झन्डै तीन अङ्कले, विकास बैंकको १३ अङ्कले, जलविद्युतको ७१ अङ्कले, फाइनान्सको २५ अङ्कले र माइक्रोफाइनान्स समूहको शेयर ८६ अङ्कले बढेको छ । यस्तै जीवन बीमा समूहको शेयर ३१ अङ्कले, निर्जीवन बीमाको ४८ अङ्कले, उत्पादनको ७२ अङ्कले र अन्य समूहको शेयर ६ अङ्कले बढेको छ ।
आज दुई सय २३ कम्पनीका चार करोड ४१ लाख कित्ता शेयर १४ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल बैंक र ग्लोबल आईएमई बैंकको शेयर ४९/४९ कराेड रुपैयाँकाे शेयर किनबेच भएको छ ।
आज विशाल बजार कम्पनी, सर्पोट लघुवित्त, ङादी जलविद्युत्, राधी जलविद्युत्, पञ्चकन्यामाई हाइड्रो, जोशी हाइड्रो, कालिका पावर, युनिभर्सल पावर र हिमालयन ऊर्जा विकास कम्पनी गरी नौ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि लक्ष्मी उन्नति कोष, कुमारी इक्विटी फन्ड र लक्ष्मी डिबेन्चरको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।