एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
तेस्रो धारमा रहेका नेताहरुलाई आफ्नो पक्षमा ल्याउने केपी शर्मा ओलीको योजना पूरा भएसँगै नेकपा एमालेले आफ्नो बाटो तय गरेको छ । सँगै नेकपा एकीकृत समाजवादी गठन गरेर गठबन्धन सरकारमा सहभागी हुने माधवकुमार नेपालको लक्ष्य पनि पूरा हुँदैछ । निर्वाचन आयोगले प्रक्रिया पुर्याएर आज बुधबार नै नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने तयारी गरेको छ ।
नयाँ दल दर्ता भएपछि नेपाल नेतृत्वको पार्टीले आफ्नो लय समात्नेछ । अनि माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता भएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने बाटो पर्खेर बसेका प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि सहज हुनेछ । अर्थात बुधबार निर्वाचन आयोगले दल दर्ताको प्रक्रिया सकेपछि प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र प्रस्तावित नेकपा एकीकृत समाजवादीलाई आ–आफ्नो बाटोमा हिँड्न थप सहज हुनेछ ।
निर्वाचन आयोगले आज बुधबार महन्थ ठाकुरसँगै माधव नेपालको नयाँ दल दर्ता गर्ने तयारी गरेको छ । नेपालले कम्तीमा ४१ केन्द्रीय सदस्य अथवा ३१ सांसद आयोगमा उभ्याउन सकेमा उहाँको प्रस्तावित नेकपा एकीकृत समाजवादीले मान्यता पाउनेछ । तोकिएको निर्धारित समय बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समयभित्र प्रमाण पुगेको खण्डमा दल दर्ताको प्रमाणपत्र दिने आयोगको तयारी छ ।
प्रस्तावित नेकपा एकीकृत समाजवादीमा १७ पदाधिकारीसहितको एकसय ५१ जना केन्द्रीय कमिटी रहनेछन् । विधानअनुसार अध्यक्ष, वरिष्ठ नेता, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, सात सचिवसहित एक सय ५१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । प्रदेशमा अध्यक्ष, दुई उपाध्यक्ष, सचिव, दुई उपसचिवसहितको ६ सदस्यीय पदाधिकारीको प्रस्ताव गरिएको छ ।
पार्टीले रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद भनेको छ । राष्ट्रिय पुँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य–मान्यतासहितको समाजवादका आधार निर्माण गर्नु पार्टीको तत्कालीन लक्ष्य रहेको विधानमा उल्लेख छ ।
माधव नेपालको नयाँ पार्टी दर्ता हुने निश्चित भएसँगै नेकपा एमालेले पनि आफ्नो लय समातेको छ । यसअघि माधवकुमार नेपाल समूहमा रहेका असन्तुष्ट १० नेतासहितको उपस्थितिमा मंगलबार बसेको स्थायी कमिटी बैठकले एकताको नयाँ सन्देश दिएको छ । बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गर्दै पार्टीलाई नेकपा माओवादी केन्द्रसँगको एकतापूर्वको साङ्गठनिक संरचनाका आधारमा सञ्चालन गर्न बैठकले निर्देशित गरेको छ ।
बैठकले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको मङ्सिर १० देखि १२ गतेसम्म तथा विधान महाधिवेशन असोज ४ देखि ६ गते काठमाण्डौमा गर्ने निर्णय गरेको छ । त्यसपूर्व सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशन, विधान महाधिवेशनलगायतका कार्यतालिकालाई संशोधन गरेको छ । बैठकले पार्टीका केन्द्रीय कमिटी, निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी, स्थानीय तह कमिटी जनसङ्गठनलगायत सबै कमिटीमा रहेका पदाधिकारीलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको छ ।
दस बुँदे प्रस्तावमा आधारित निर्णय कार्यान्वयन गर्ने क्रममा उत्पन्न हुनसक्ने समस्या समाधान तथा केन्द्रीय कमिटीका मनोनयन गरिने १० प्रतिशत सदस्यको सिफारिस गर्न एक कार्यदल गठन गरिएको छ । १० बुँदे सहमति कार्यान्वयनका लागि महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष डा भीम रावल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेको कार्यदल गठन गरिएको हो ।
बैठकले २०७५ साल जेठ २ गते सदस्यतालाई आधार मानेर एकीकरणका क्रममा आबद्ध भएका सदस्यसमेतको पार्टी सदस्यता नवीकरण अगाडि बढाइने र २०७५ साल जेठ ३ पछि दिइएका नयाँ सदस्यको पनि नवीकरण असोज मसान्तसम्म गर्ने निर्णय पनि गरेको छ ।
यस्तै पार्टीका स्थानीय कमिटीलाई व्यवस्थित गर्न देशैभर २०७८ साल कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका वा त्यो सरहका कमिटीको अधिवेशन गर्ने तथा पार्टीकोे पछिल्लो निर्णय सम्प्रेषण गर्न भदौ १६ देखि २० सम्म केन्द्रीय प्रशिक्षकको उपस्थितिमा सबै जिल्लामा कार्यकर्ता भेला र जनसङ्गठनको केन्द्रीय कार्यकर्ताको भेला आयोजना गरिने पनि निर्णय भएको छ । महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजबारे छलफल गर्न भदौ २५ र २६ स्थायी कमिटी र २७ गते केन्द्रीय कमिटीको बैठक आयोजना हुनेछ । त्यसअघि यही भदौ १० गते केन्द्रीय कमिटीको बैठक हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।