पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर परीक्षण ...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डौ – सहायक कामदारका लागि इजरायल जान आवेदन दिएकाहरूको भाषा परीक्षा यही भदौ २८ गते हुने भएको छ ।
साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइनमार्फत आवेदन दिएकाहरू मध्येबाट आवेदन स्वीकृति भएकाहरूको भदौ २८ गते सोमबार विभिन्न परीक्षा केन्द्रहरूमा अङ्ग्रेजी भाषाको परीक्षा हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।
भाषा परीक्षा दिउँसोको १ बजे हुनेछ । परीक्षा केन्द्र र प्रवेश पत्र बारे विभागको वेबसाइट धधध।मयाभ।नयख।लउ मार्फत जानकारी गराइने विभागले जनाएको छ ।
अङ्ग्रेजी भाषा परीक्षाका लागि विभागले विज्ञ समिति बनाएको छ । त्यही विज्ञ व्यक्तिहरूको सहयोगमा नै परीक्षा सञ्चालन हुनेछ । परीक्षामा परीक्षार्थीले प्राप्त गरेको अङ्क सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा नै देखिने गरी राखिने व्यवस्था गरिएको छ ।
इजरायलले अहिले एक हजार जना सहायक कामदार मागेको छ । जसमा ९ हजार ६९९ जनाको आवेदन परेको विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।