काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन
मंसिर १८, २०८१ मंगलबार
ललितपुर – ललितपुर महानगरपालिकामा पर्सिदेखि विद्यालय खुल्ने भएका छन् । महानगरपालिकाले असोज एक गतेदेखि विद्यालय खुलाउने निर्णय गरेको हो । भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेको शिक्षा महाशाखाका प्रमुख महेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
विद्यालय सञ्चालन गर्नुपूर्व पूर्वतयारी गरी कार्यढाँचा तथा स्वास्थ्यका मापदण्डबारे अभिभावक, शिक्षक, विद्यार्थी तथा सरोकारवाला निकायसँग अभिमुखीकरण गरी यसबारेमा महानगरमा जानकारी गराउन पनि महाशाखाले आग्रह गरेको छ ।
महानगरले सामुदायिक विद्यालयमा आवश्यकता र मागका आधारमा स्वास्थ्य सामग्री प्रदान गर्नेछ ।
अहिले काठमाण्डाै उपत्यकामा आंशिक रुपमा विद्यालय खुलेका छन् । असाेज एक गतेदेखि भने सबै विद्यालय खुल्ने तयारीमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।