६ वटा देशमा एचआईभी सङ्क्रमण एक सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले आज शुक्रवार भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरूको टोलीले आज दिउँसाे विदेश मन्त्रीसँग भेटवार्ता गरेको नयाँ दिल्लीबाट डा. महतले जानकारी दिनुभयो ।
भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । वार्ता निकै फलदायी भएको र नेपाल भारत सीमा, हालै महाकाली नदीमा भएको तुइन प्रकरण, कोभिड समस्या तथा दुई देशबीचका सम्बन्धका विविध विषयमा कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।
दुई देशबीचमा पछिल्लो समयमा देखिएको सीमासम्बन्धी समस्याको बारेमा आफूले विदेश मन्त्री जयशंकरलाई जानकारी गराएको र सीमा समस्याको समाधानका लागि तत्कालै कुटनीतिक माध्यमबाट वार्ता गरी समाधानको खोजी गर्न आफूले गरेको आग्रहलाई विदेश मन्त्रीले सकारात्मक रूपमा यसको समाधानका लागि भारततर्फबाट छिट्टै अग्रसरता लिइने बताउनुभएको डा. महतले जानकारी दिनुभयो ।
त्यसैगरी महाकालीको तुइन प्रकरणका विषयमा पनि आफूले विदेश मन्त्री जयशंकरसँग कुरा राखेको उहाँले बताउनुभयो । यस विषयमा नेपाल सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा भारतलाई कुटनीतिक नोटसमेत पठाइएको र त्यस विषयमा अध्ययन गरेर निकास निकाल्न आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।
भेटमा यसअघि भएको सहमतिअनुसार नेपाललाई कोरोनाविरुद्धको कोभिशिल्ड खोप पठाउन आग्रह गरिएको र ती खोप भारत सरकारले जतिसक्दो चाँडै नेपाल पठाउने जानकारी विदेश मन्त्री जयशंकरले दिनुभएको पनि डा. महतले बताउनुभयो ।
द्विपक्षीय भेटमा नेपालका तर्फबाट डा. महतसहित नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा तथा भारतका तर्फबाट विदेश मन्त्री जयशंकरसहित भारतीय जनता पार्टीका नेताद्वय विजय चौथाइवाले र आश्विन जोहर हुनुहुन्थ्यो ।
भारतीय जनता पार्टीको आमन्त्रणामा पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका सहमहामन्त्री डा. महत नेतृत्वको टोली हिजाे बिहीवार भारत पुगेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।