६ वटा देशमा एचआईभी सङ्क्रमण एक सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
मुगु – नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे १ ख ३१६७ नम्बरको यात्रुवाहक बसको टायर पङ्चर भइ दुर्घटना भएको खुलेको छ । हिजाे मङ्गलवार भएको दुर्घटनामा ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
नेपालञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको यो यात्रुवाहक बस मङ्गलवार दिउँसो १२ बजेतिर छायाँनाथ रारा नगरपालिका—७ पिना गाउँको तपने खोलामा दुर्घटनामा परेको थियो । बसमा ४६ जना यात्रु रहेका थिए । दुर्घटना भएको बसको चालक बस्ने साइडतिरको टायर पङ्चर भइ बस अनियन्त्रित हुँदा पाँच सय मिटर जति तल खसेको छ । यस दुर्घटनामा १३ जना घाइते भएका प्रहरीले बताएको हो ।
दुर्घटनास्थल पिना गाउँमा रहेको प्रहरी चौकीबाट दुई मिनेट टाढा भिरालो मोड रहेको छ । दुर्घटना समयमा पिना चौकीको प्रहरी गस्ती घटनास्थलमुनि रहेको थियो । प्रहरी गस्तीले ठूलो आवाज आएको सुन्नेबित्तिकै बस भिरबाट खसेको देखेका र बसको अवस्था हेर्दा चालकतिरको टायर च्यातिएको देख्दा दुर्घटना अन्य कारण नभइ टायर पङ्चर भएका कारण भएको अनुमान गरिएको छ ।
त्यही मोडमा बस अनियन्त्रित भइ भिरबाट खस्दा ३२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) चित्रबहादुर भट्टराईले जानकारी दिनुभयो । दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेहरू दशैँ बिदामा घर आएका काठमाण्डाैलगायत सहरका कलेजमा अध्ययन गर्ने धेरैजसाे विद्यार्थी रहेका बताइएको छ ।
ज्यान गुमाउनेहरूकाे जिल्ला अस्पतालमा सनाखत भइ शव परीक्षणपछि दाहसंस्कारका लागि परिवारलाई जिम्मा लगाइने तयारी भइरहेको डीएसपी भट्टराईले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।