उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
राजाराम पौडेल पछिल्लो समय चलचित्रमा व्यस्त हाँस्यकलाकार हुन् । रेडियो नाटकबाट अभिनय यात्रा सुरु गरेका पौडेल अहिले सिनेमामा चल्तीका मुख्य कलाकार हुन् । उनी विशेषत नेपाल टेलिभिजनबाट महका श्रृंखला आउँदा बढी चर्चित थिए ।
त्यो भन्दा बढी चर्चा उनलाई जिरे खुर्सानीले दियो । जिरे खुर्सानी झण्डै एक दशक एनटीभीमा प्रसारण हुने चर्चित हाँस्य श्रृंखला हो । शिवहरि र जितु नेपाल यसका निर्देशक थिए । यही श्रृंखलाबाट पौडल सबै दर्शकको मन मनमा बस्न सफल भए । तर पछिल्लो समय नेपाल टेलिभिजनबाट प्रसारण हुने अधिकांश टेलिचलचित्रहरु बन्द भैसकेका छन् ।
यसले गर्दा आफूलाई निकै नराम्रो महसुस हुने गरेको बताउँछन् कलाकार राजारम पौडेल । उनी भन्छन् “कुनै समय यस्तो पनि थियो नेपाल टेलिभिजनमा टेलिचलचित्रहरु भरि भराउ थिए । हामी सबैले त्यहीँ बाट धेरै अवसरहरु प्राप्त गर्यौँ । नेपालको एक मात्र सरकारी टेलिभिजनमा देखिन पाउँदा अत्यन्तै खुशी हुने गर्थे । राजाराम गर्वका साथ भन्छन् “म आज सम्म पनि नेपाल टेलिभिजन भन्दा बाहेकका अन्य टेलिभिजन हेर्दिनँ ।
नेपाल टेलिभिजन बाट प्रसारण हुने धेरै टेलिचलचित्रहरु बन्द भए पछि त्यहाँ काम गर्ने सबै कलाकारहरुले आ–आफ्नै गन्तव्य रोजिसकेका छन् । र नेपाल टेलिभिजनले पनि त्यस्ता टेलिचलचित्रहरु बन्द भए पश्चात् विभिन्न निजी क्षेत्रलाई समय बेचेर अन्य कार्यक्रमहरु प्रसारण गरिरहेको छ । र नेपाल टेलिभिजनको यो प्रवृत्ति फिटिक्कै मन नपरेको बताउँछन् ।
उनी भन्छन् ‘सरकारी टेलिभिजनभनेको देशकै गहनाहो तर उस्ले पनि समय बेचेर कार्यक्रम सञ्चालन गरिरहेको देख्दा सारै चित्त दुख्दो रहेछ ।’ हामीलाई कलाकारका रुपमा स्थापित गर्ने नेपालको एकमात्र सरकारी टेलिभिजन अहिले टेलिचलचित्र विहीन भएको छ । यो हामी कलाकारहरुका निम्ति साह्रै चित्त दुख्ने कुरा हो ।
अझैपनि नेपाल टेलिभिजनले आफ्नै लगानीमा त्यस्ता टेलि चलचित्रहरुको पुनः उत्पादन र प्रसारण गरोस् भन्ने चाहाना आफ्नो रहेको उनी बताउँछन् । यसका लागि को बोल्ने ? बोलेको कुरा कस्ले सुन्ने ? राजारामको यो प्रश्नको जवाफ अधिकांस हाँस्यकलाकार र उनका शुभचिन्तकले खोजि रहेका छन् ।
–उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।