ब्रेकअपकाे झमेलामा रहेकी कृति सेनन इन्स्टाग्राम ह्याक भएपछि थप तनावमा

 भदौ १९, २०७५ मंगलबार १४:१३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

केही दिनअघि मात्रै अभिनेता सुशान्त सिंह राजपुतसँग अभिनेत्री कृति सेननको ब्रेकअप भएको खबर सार्वजनिक भएको थियो । 

ब्रेकअप लगत्तै कृति सेननलाई फेरि तनाव थपिएको छ । यस पटक उनको इन्स्टाग्रामा अकाउन्ट ह्याक भएका कारण उनी तनावमा परेकी हुन् । 

कृतिको अकाउन्ट आइतबार राति ह्याक भएको थियो । त्यसपछि ह्याकरले कृतिको पुरानो फोटो पोष्ट गर्दै ‘मलाई नयाँ अकाउन्टमा फलो गर्नू’ भनेर लेखेको थियो । 

आफ्नो इन्स्टाग्राम अकाउन्ट ह्याक भएको खबर कृतिले उनको ट्वीटर अकाउन्टका माध्यमबाट ‘साथीहरु मेरो इन्स्टाग्राम ह्याक भएको छ । कृपया त्यो अकाउन्टमा कुनै पनि प्रतिक्रिया नदिनुहोला ।’ भन्दै जानकारी गराएकी थिइन् । 

— Kriti Sanon (@kritisanon) September 3, 2018

अकाउन्ट ह्याक भएको केही समयपछि उनको अकाउन्ट ठिक भएको थियो । साथै आफू पुनः इन्स्टाग्राममा फर्किएको कुराबारे कृति स्वयमले जानकारी गराएकी थिइन् । 

यसरी कलाकारहरुको अकाउन्ट ह्याक भएको कुरा नौलो भने होइन । यसअघि अभिताभ बच्चन, ऋतिक रोशन, शाहिद कपूर लगायतका कलाकारहरुको अकाउन्ट पनि ह्याक भइसकेको छ । 

फिल्म ‘बरेली की बर्फी’, ‘हिरोपन्ती’, ‘दिलवाले’ जस्ता फिल्ममा काम गरिसकेकी अभिनेत्री कृति सेनन अहिले फिल्म ‘हाउसफुल ४’ को छायाँकनमा व्यस्त छिन् । 

साथै फिल्म ‘स्त्री’ मा कृतिको आइटम गीत ‘आओ कभि हवेली पे’ यतिबेला चर्चामा रहेको छ । 
 

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया