वैदेशिक रोजगारी : असोजमा मात्रै झण्डै ४० हजारले लिए श्रम स्वीकृति

 कात्तिक ११, २०७८ बिहीबार १४:४४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चाडपर्वको समयमा पनि काम गर्न विदेश जानेको संख्यामा कमी आएको छैन । असोजमा मात्रै वैदेशिक रोजगारीमा जानको लागि झण्डै ४० हजार नेपालीले श्रम स्वीकृति लिएका छन् । 

वैदेशिक रोजगार विभागका अनुसार ३७ हजार दुई सय ८ पुरुष र २ हजार ४ सय ६३ महिला गरि ३९ हजार ६ सय ७१ जनाले श्रम स्वीकृति लिएका हुन् । यीमध्ये २७ हजार ८ सय २४ जनाले पहिलो पटक श्रम स्वीकृति लिएका विभागले जनाएको छ । यो नेपाल सरकारले तोकेका विभिन्न ७३ वटा श्रम गन्तव्य देशमा जानेहरुको संख्या हो ।

वैदेशिक रोजगारीको लागि अहिले धेरैको रोजाइमा साउदी अरेबिया छ । असोजमा साउदीमा मात्रै १३ हजार तीन सय ५४ जना गएका छन् । यस्तै कतार जानको लागि ७ हजार ९ सय ६ र यूएईमा जान ४ हजार ३ सय ५९ जनाले श्रम स्वीकृति लिएका छन् । नेपालीहरुको रोजाइको मुख्य गन्तव्य देशमध्येको मलेसियामा भने कोरोना महामारीपछि नेपालबाट श्रमिक जान पाएका छैनन् ।
 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया