गाेदावरी पुष्प मेला सकियाे, अनुमान गरेभन्दा बढी काराेबार

 कात्तिक १५, २०७८ सोमबार २०:१०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – १४ औँ गोदावरी पुष्प मेला प्रदर्शनीमा झन्डै ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

नजिकिँदै गरेको तिहारलाई लक्षित गरी फ्लोरिकल्चर एसाेसिएशन अफ नेपालको आयोजनामा जावलाखेल मैदानमा भएको चार दिने गोदावरी पुष्प प्रदर्शनीमा झन्डै ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । एसाेसिएशनले ५० लाख रुपैयाँको कारोबार हुने अनुमान गरेको थियो ।

यस्तै, अवलोकनकर्ताको सहभागिता पनि उत्साहजनक नै देखिएको बताइएकाे छ । प्रदर्शनीमा झन्डै ३५ हजार जनाले अवलोकन गर्ने अनुमान गरेकोमा झन्डै ३८ हजार जनाले अवलोकन गरेको एसाेसिएशनका सचिव हिरामणि शर्माले जानकारी दिनुभयो । 

प्रदर्शनीमा ४४ वटा व्यावसायिक र चार वटा सूचनामूलक गरी ४८ वटा स्टल राखिएको थियो  । प्रदर्शनीमा नेपालमा व्यावसायिक रूपमा उत्पादन हुँदै आएका विभिन्न जातका गोदावरी फूल बिरुवाका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातिका फूल बिरुवाहरूकाे समेत प्रदर्शनी तथा बिक्री भएको छ । 

यसका साथै यस मौसममा फूल्ने सयपत्री, मखमली तथा अन्य मौसमी फूल बिरुवाहरूको समेत प्रदर्शनीमा राखिएको थियो । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया