पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
म्याग्दी – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले समाचार पुष्टि गरेर बाहिर ल्याउँदा प्रेस र पत्रकारिताको गरिमा बढ्ने बताउनुभएको छ । आज (मङ्गलवार) प्रेस सेन्टर नेपाल जिल्ला समिति म्याग्दीको सदरमुकाम बेनीमा चौथो जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री पौडेलले नेपालको संविधानले प्रेसलाई नागरिकको लोकतान्त्रिक अधिकारको प्रकटीकरण गर्ने अधिकारका रूपमा उल्लेख गरेको बताउनुभयो । उहाँले झन्डै ७० वर्षसम्म कुण्ठा, आफ्ना विचार र दृष्टिकोण अभिव्यक्त गर्न नपाएको, स्वतन्त्रता प्रकट गर्न नपाएको स्थितिबाट अगाडि बढेर हक अधिकारहरू प्रकटीकरण गर्ने अवस्थाको सिर्जना गरिएको बताउनुभयो ।
मान्छेका व्यक्तिगत भनाइ, दृष्टिकोण तथा सोचलाई जस्ताको तस्तै प्रतिस्पर्धा गर्न पाउने प्रणालीको व्यवस्था गरिएकाले त्यसको अगुवाइ प्रेसले गर्ने मन्त्री पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, ‘पुष्टि नभएका, हुँदै नभएका कुराहरू कसैलाई ओराल्नपर्याे भने र झराल्नपर्येा भने अनावश्यक रूपमा गलत उद्देश्यले प्रेरित भएर प्रेसले चाहिँ आफ्नो गरिमामय भूमिकालाई त्यो ठाउँमा नपुर्याओस् ।’
मन्त्री पौडेलले भन्नुभयो, ‘कसैको चाहना, कसैको इच्छामा कसैलाई झराल्न र कसैलाई माथि ल्याउनका निम्ति नगरेका कुराहरूको बनावटी समाचार बनाएर सम्प्रेषण गरियो भने त्यसको गुमराह आफैँतिर फर्किएर आउँछ । त्यसले आफैँलाई राम्रो गर्दैन । आज–भोलि कहिलेकाहीँ पुष्टि नभएका कुरा कसैले भनिदियो भने त्यत्तिकै बाहिर सार्वजनिक गरिहाल्ने र उसलाई नैतिक धरातलमा पुर्याइदिने क्रियाकलापबाट प्रेस जोगिनुपर्छ । त्यसैले मात्र प्रेसको गरिमा र पत्रकारितालाई माथि उठाउँछ ।’
फरक प्रसङ्गमा मन्त्री पौडेलले उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरले म्याग्दीलाई एउटा 'सेन्टर पोइन्ट' को रूपमा विकास गर्न लागेको बताउँदै पर्यटनको केन्द्र बन्ने बताउनुभयो । उहाँले अब म्याग्दीले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षालगायत नागरिकसँग जोडिएका प्रश्नहरूको बारेमा आफूलाई तिखारेर राज्यसँग जोड्नुपर्नेमा जोड दिनुभएको थियो ।
म्याग्दीमा क्रियाशील पत्रकारलाई लक्षित गर्दै मन्त्री पौडेलले जिल्लाका समस्याहरू, अगाडि बढाउनुपर्ने कामहरू र महत्त्वपूर्ण कामहरूलाई सञ्चारमाध्यममार्फत जोड दिएर प्रचारप्रसार गर्न सुझाव दिनुभयो । उहाँले आफूलाई मन्त्रीको रूपमा मात्र नभइ एउटा नजिकको सहयोगी र मित्रको रूपमा सम्झिएर जिल्लाका समस्याहरूको बारेमा जानकारी गराउन आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।