पालिका उपचुनाव : बिहानैदेखि मतदाताको उत्साहजन सहभागिता (फो...
मंसिर १६, २०८१ आइतबार
भक्तपुर – प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका ६ बेशीटोलबाट आज शुक्रवार बिहान दुई लाख ६८ हजार तीन सय ९० रुपैयाँ सहित (जुवा) कौडा खेल्ने र खेलाउने १५ जनालाई पक्राउ गरेको छ ।
बेशीटोलमा दीपककुमार तामाङले सञ्चालन गरेको मङ्गोलियन वेभ रेस्ट्रो एन्ड बारभित्र पैसाको हार/जित हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई खालबाट नै नगदसहित दुई सय नाै थान कौडासमेत पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा धनबहादुर तामाङ, वीरवल तामाङ, शुक्रे तामाङ, राजकुमार तामाङ, सञ्जय तामाङ, सोनाम लामा, मनकुमार तामाङ, दिलिपकुमार तामाङ, राजकुमार थिङ, वीरबहादुर तामाङ, कुमार तामाङ, सुरज लामा र दीलिप तामाङ रहेका छन् ।
त्यसैगरी प्रहरीले गोरखा जरङ गाउँपालिका ४ घर भइ चाँगु बस्ने सुमन गुरुङ, बारका सञ्चालक चाँगुनारायण नगरपालिका ६ तेलकोट बेशीटोल बस्ने दीपककुमार तामाङ, राजकुमार तामाङ, सञ्जय तामाङ, सोनाम लामा र मनकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको प्रनाउ गिरीले जानकारी दिनुभयो ।
बारका सञ्चालक तामाङले पहिलैदेखि नै पैसाको हार/जित हुने गरी जुवा खेल्ने खेलाउने गरेको अनुसन्धानको क्रममा खुल्न आएको र उनीहरूलाई आवश्यक कारबाही अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।