६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
म्याग्दी – बेनी नगरपालिका ७ मा चन्दा सङ्कलनबाटै आठ सय जना अट्ने क्षमताको सभा हल निर्माण गरिएको छ । नेपाल भाषा मंकाःखल म्याग्दीले सामुदायिक प्रयोजनका लागि याे सभा हल निर्माण गरेको हो ।
खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले ३५ लाख रुपैयाँ चन्दा सङ्कलन गरेर सभा हल निर्माण गरिएको जानकारी दिनुभयो । संस्थाका पदाधिकारी र सदस्यबाट जुटाएको रकमले भवन ठड्याएका हौँ, उहाँले भन्नुभयो, “अहिलेसम्म सरकारी सहयोग मागेका छैनौँ । व्यक्तिगत रूपमा सहयोग प्राप्त भइरहेको छ । झन्डै २९ आना क्षेत्रफलको जग्गामा सभा हल र शौचालय निर्माण गरिएको छ । सभा हल परिसरमा पर्खाल लगाएर घेराउ गरिएको छ । रङ्गरोगन, फर्निचर, बिजुली, पानी जडानलगायत काम बाँकी छ । निर्माणको काम गएकाे असारमा थालिएको हो । आउँदाे पुसभित्र सबै काम सम्पन्न हुने श्रेष्ठले बताउनुभयो ।
नेवार समुदायको अगुवाइमा याे सभा हल निर्माण गरिएको हो । सो सभा हल सबैले प्रयोग गर्न पाउने मंकाः खलका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । बेनी बजारमा सभा, समारोह, भोज–भतेर आयोजना गर्दा सभा हलको अभाव भएकाले सामाजिक आवश्यकता महसुस गरी सभा हल बनाएको बेनी नगरपालिका ७ का अध्यक्षसमेत रहनुभएका श्रेष्ठले बताउनुभयो । यहाँ रहेका होटलमा पनि सभा हलको अभाव छ ।
सभा हल निर्माणका लागि स्व. चन्द्रशेखर श्रेष्ठको परिवारले चार आना र स्व. काशीप्रसाद श्रेष्ठको परिवारले पाँच आना जग्गा उपलब्ध गराएका थिए । थप २० आना जग्गा खरिद गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । नेपाल संवत् ११४२ का अवसरमा अमेरिकामा रहेका दलप्रसाद श्रेष्ठ र पुष्पा श्रेष्ठले तीन लाख ३३ हजार रुपैयाँ तथा तारा श्रेष्ठ जोशी र कृष्णबाबु जोशीले सभा हल निर्माणका लागि एक लाख १५ हजार रुपैयाँ उपलब्ध गराउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।