नचिनेकाे समूहद्वारा महोत्तरीमा पाँच पसलमा आगजनी, लाखौँको क्षति

 पुष १३, २०७८ मंगलबार १०:१५:५४ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

महोत्तरी - महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया बजारमा गएराति नचिनेकाे समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गर्दा लाखौँको क्षति भएकाे छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा स्थानीय रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल, शम्भु साहको खाजा पसल र मङ्गल साहको चिया पसलमा नचिनेकाे समूहले गएराति करिब ९ बजेको समयमा आगजनी गरेका छन्।

आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँडाकुँडा, ग्याँस सिलिण्डर, चुल्हाे र घरसमेत जलेर पाँच लाख रुपैयाँभन्दा बढीको क्षति भएको पसलेहरूले बताएका छन्। पसलमा रातिको बेला कोही नभएको अवस्थामा आगजनी गरिएको थियो।

आगो नियन्त्रणमा लिन नसक्दा सबैथोक जलेर नष्ट भइ लाखौँको क्षति भएको प्रहरीले जनाएको छ।
 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया