६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – नेपालमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक अर्ब १७ करोड रुपैयाँभन्दा धेरैको काजु र बदाम आयात भएको छ ।
भन्सार विभागले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनाको तथ्याङ्कमा एक अर्ब १७ करोड ७९ लाख ५४ हजार रुपैयाँ बराबरको काजु र बदाम आयात भएको पाइएको हो । विभिन्न जातका काजु ६१ करोड ८४ लाख ३३ हजार रुपैयाँ र ५५ करोड ९५ लाख २१ हजार रुपैयाँ बराबरको मधेसी बदाम आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
तथ्याङ्कमा दशैँ र तिहारलाई लक्षित गरी व्यापारीले काजु ६ देश र मधेसी बदाम तीन देशबाट आयात गर्दै आएका छन् । काजु भारत, चीन, मोजाम्बिक, नाइजेरिया, सिङ्गापुर, भियतनाम तथा मधेसी बदाम भारत, अमेरिका र अफगानस्तानबाट आयात हुँदै आएको छ ।
नेपालमा भारतबाट सबैभन्दा धेरै काजु आयात हुने गरेकाे छ । भारतबाट चालु आर्थिक वर्षको चार महिनामा ३६ करोड ५० लाख १३ हजार रुपैयाँमा चार लाख १७ हजार ४ सय ८४ केजी काजु आयात भएको देखिन्छ । सबैभन्दा धेरै मधेसी बदाम अमेरिकाबाट आयात हुँदै आएको छ । चालु आर्थिक वर्षको चार महिनामा अमेरिकाबाट ५५ करोड ७६ लाख २९ हजार रुपैयाँमा नौ लाख नौ हजार ५ सय ६० केजी बदाम आयात भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।