६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
म्याग्दी - राष्ट्रिय गौरवको आयोजनामा बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड दैनिक छ घण्टा बन्द हुने भएको छ । सडक खण्डको स्तरोन्नतिसँगै नियमित र सहजरुपमा गाडी सञ्चालनको सम्भावना नभएपछि जिल्ला प्रशासन कार्यालयले टाइम कार्ड लागू गर्ने निर्णय गरेकाे हाे ।
गण्डकी प्रदेशको ‘लाइफलाइन’ कालीगण्डकी करिडोरअन्तर्गत उत्तर–दक्षिण जोड्ने सडक खण्डको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नं २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न समय तालिका लागू गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो ।
उहाँका अनुसार २०७८ माघ १० गतेदेखि २१ गतेसम्म बिहान ८ देखि ११ बजे र दिउँसो १ बजेदेखि ४ बजेसम्म सडक बन्द गरिने छ । महभिर खण्डमा चट्टान काट्नुपर्ने र नौनीबगर खण्डमा विस्तार एवम् स्तरोन्नति गर्नका लागि समय तालिका जारी गरिएको हो ।
सडक निर्माणकै क्रममा आवतजावत गर्न दिँदा दुर्घटनाको जोखिमसमेत भएकाले बन्द अवधिलाई छोट्याउने गरी काम गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । सडक बन्द हुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लामा आवतजावतमा समस्या हुनेछ ।
२०७४ सालमा सुरु भएको कोरला नाका जोड्ने सडक सात अर्ब २७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको कार्यक्षेत्र बाग्लुङ र पवर्तको सिमानामा रहेको मालढुङ्गादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म पर्छ । महभिर र नौनीबगर खण्डमा ११ मिटर सडक बनाएर कालोपत्र गर्न शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको थियो।
उन्नाइस किमी दूरीको म्याग्दीको गलेश्वर–नारच्याङ पुल खण्डको गलेश्वर र राहुघाटदेखि बेगखोलासम्मको छ किमी सडकमा गएकाे जेठमा डीबीएसडी प्रविधिको कालोपत्र सुरु भएको थियो । बेगखोलादेखि नारच्याङ पुल खण्डको प्रायजसाे भागमा पनि विस्तार, पर्खाल र नाली निर्माणको काम सकिएको छ । आउँदाे चैत महिनाभित्र कालोपत्र गर्ने तयारीसहित कतिपय ठाउँमा सब बेस राखिएको छ ।
सडक खण्डको सबैभन्दा जोखिम मानिने म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा १ दशमलव २ किमी सडक विस्तारका लागि डोजरको सहायताले मात्रै ट्र्याक निर्माण नभएपछि भिर फुटाउन ६० टन विस्फाेटक पदार्थको प्रयोग गरिने भएकाले यस क्षेत्रमा समेत अर्को कार्यतालिका बनाएर सडक बन्द गरेर काम गर्नुपर्ने अवस्था छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।