काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै - आज चार वटा प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसोपख सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार पश्चिमी न्यून चापीय प्रणालीले यी चार वटा प्रदेशमा हल्का वर्षा गराउने सम्भावना छ ।
अरु तीन वटा वाग्मती, मधेस प्रदेश र प्रदेश-१ मा भने सामान्यतया मौसम सफा रहनेछ । अहिले काठमाण्डौ उपत्यकासहित देशभर घाम लागेको छ । उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा आज राति हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलिदेखि केही दिन कुनै पनि मौसमी प्रणालीको प्रभाव नरहने अनुमान छ । तर प्रि-मनसुन सुरु भएपछि बेलुकीतिर मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने जस्ता गतिविधि हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।