रेडपाण्डाको पाँच थान छालासहित ३ जना पक्राउ

 फागुन १४, २०७८ शनिबार १३:१६:११ | हेमराज शर्मा
unn.prixa.net

दाङ – जिल्ला प्रहरी कार्यालय दाङले प्रतिबन्धित वन्यजन्तु हाब्रे  (रेडपाण्डा)को छालासहित ३ जनालाई पक्राउ गरेको छ ।

केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ वन्यजन्तु आखेटोपहार रेडपाण्डाको छाला ठूलो मात्रामा हिमाली क्षेत्रबाट ल्याई बिक्री वितरणका लागि दाङ जिल्ला हुँदै काठमाण्डौ तिर लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको संयुक्त प्रहरी टोलीले हिजो बेलुकी पक्राउ गरेको हो ।

दाङकै राप्ती गाउँपालिका–१ भालुवाङ – प्यूठान सडक खण्डमा जाँच गर्ने क्रममा प्रतिबन्धित दुर्लभ बन्यजन्तु रेडपाण्डाको पाँच थान छालासहित पक्राउ गरि घटना अनुसन्धान अघि बढाएको प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका -७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका-३ बस्ने वर्ष २० का रुपक खडका र सुनछहरी गाउँपालिका-७ बस्ने वर्ष १९ का रामकुमार पुन मगर रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उपरीक्षक काफ्लेका अनुसार पक्राउ परेकाहरुले हिमाली क्षेत्रबाट कसैसँग कारोबार गरि अन्यत्र लैजाँदै गरेको बुझिएको छ । लोपोन्मुख हुन लागेको रेडपाण्डा यति ठूलो परिमाणमा मारिनु भनेको यसको अस्तित्व नै थप संकटमा पर्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो । पक्राउ परेका तीनै जनालाई  थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला वन कार्यालय दाङमा बुझाउने तयारी गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया