‘चीनले युक्रेन–रुस वार्तालाई स्वागत गर्दछ, निरन्तरता हुने आशा गर्दछ’

 फागुन १७, २०७८ मंगलबार १८:३५:१ | एजेन्सी
unn.prixa.net

चीनले युक्रेन सङ्कटको शान्तिपूर्ण समाधानका लागि हुने सबै कुटनीतिक प्रयासहरूलाई सधै समर्थन र प्रोत्साहन गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिनुभएको छ । 

रुस र युक्रेनका प्रतिनिधिमण्डलबीच हिजो सोमवार बेलारुसको गोमेल क्षेत्रमा भएको वार्ताको जवाफ दिँदै प्रवक्ता वाङ वेनबिनले दैनिक पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गर्नुभएको हो ।

‘हामीले नोट गरेका छौँ, दुई पक्ष निकट भविष्यमा नयाँ चरणको वार्ता गर्न सहमत भएका छन्’, वाङले भन्नुभएको छ । 

चीनले दुई पक्षले वार्ता र वार्ताको प्रक्रियालाई निरन्तरता दिने र दुवै पक्षको उचित सुरक्षा चासोलाई समेट्ने, युरोपको साझा सुरक्षा र युरोपमा दिगो शान्ति र स्थायित्वका लागि उपयुक्त हुने राजनीतिक समाधान खोज्ने आशा राखेको उहाँले बताउनुभएको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया