शेयर बजार २४ अङ्कले घट्यो, १ अर्ब ८९ करोड रुपैयाँको कारोबार

 चैत १७, २०७८ बिहीबार १५:२३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९५ अङ्कले घटेर दुई हजार पाँच सय ४४ दशमलव ३० विन्दुमा झरेको छ  ।

आज व्यापारबाहेक अरू सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

यस्तै दुई सय २८ कम्पनीका ३७ लाख ८७ हजार कित्ता शेयर एक अर्ब ८९ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको नौ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज नारायणी विकास बैंक र युनाइटेड मोदी जलविद्युत् कम्पनीको शेयर साढे चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि राष्ट्र उत्थान र नेष्डो समृद्ध लघुवित्त तथा इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया