उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
चलचित्र क्षेत्रका सुपरस्टार अभिनेता भुवन केसीको भाद्र ३१ गते अर्थात आज जन्मदिन परेको छ ।
भुवन केसी नेपाली चलचित्र क्षेत्रमा लामो समय रहेर पनि सफल अभिनेता हुन् । उनी नायकका रुपमा हुँदा होस् या निर्माताका रुपमा, उत्तिकै सफल छन् ।
उनको चलचित्र क्षेत्रको यात्रा नेपाली कथानक चलचित्र जुनि बाट भएको थियो ।
वि सं २०३९ मा बनेको उक्त चलचित्रले भुवनलाई खासै साथ दिन सकेन । त्यसपछि उनले २०४० मा नेपाली कथानक चलचित्र सम्झनामा अभिनय गर्ने अवसर पाए ।
सम्झनाले भने दर्शकको मन जित्न सफल भएको थियो । चलचित्र सम्झना नै उनको जिवनको टर्निङपोइन्ट बनेको थियो ।
त्यसयता उनले करिब १सयभन्दा धेरै चलचित्रमा काम गरिसकेका छन् । चर्चित अभिनेता केसी बेलाबखत विभिन्न महिलाका कारण विवादित बन्ने गरेका छन् ।
दुई श्रीमतीका पति भुवनको जीवनमा थुप्रै युवतीको नाम जोडिने गरेको छ । यतिबेला भने भुवनको साथमा जिया केसीको नाम जोडिने गरेको छ ।
केही वर्षदेखि उनीहरु एकसाथ बसिरहेका छन् ।
पछिल्ला केही वर्षदेखि उनी आफ्नै छोरा अनमोल केसीलाई नायकका रुपमा लिएर चलचित्र निर्माण गर्दै आइरहेका छन् ।
उनले निर्देशन गरेको पहिलो चलचित्र ‘ड्रिम्स’ हो । उनले निर्माण गरेको चलचित्र ‘क्याप्टेन’को फस्ट पोष्टर केही समयअघि मात्र सार्वजनिक भएको थियो ।
‘क्याप्टेन’को मुख्य भुमिकामा पनि उनका छोरा अनमोलले नै अभिनय गरेका छन् ।
६४ वर्षका भुवन केसीको सुन्दरतामाअझै पनि कुनै कमी आएको छैन । त्यसैले उनलाई नेपाली फिल्म क्षेत्रका सदाबहार सुन्दर अभिनेतासमेत भन्ने गरिएको छ ।
अनमोलकी आमा अर्थात भुवनकी पूर्वपत्नी सुस्मिता बम्जनले विदेशी नागरिकसँग टिकाटालो गरेको खबरले यतिबेला चलचित्र बजार नै तातिएको छ ।
उज्यालो र गफगाफ डट कमको सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।