शेयर बजार साढे ४४ अङ्कले घट्याे

 चैत २८, २०७८ सोमबार १५:१५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज साेमवार साढे ४४ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ६४ अङ्कले घटेर दुई हजार चार सय १९ दशमलव ७१ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जीवन बीमा, निर्जीवन बीमा, उत्पादन, अन्य, होटल तथा पर्यटन, विकास बैंक, व्यापार र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय ३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता शेयर दुई अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्सको १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

शेयर बजार दाेहाेराे अङ्कले घटेकाे दिन इमर्जिङ नेपालको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशत र राष्ट्र उत्थान लघुवित्तको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि नेस्डो र जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया