पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि घटेकाे छ । हिजाे साेमवार ४४ अङ्कभन्दा धेरैले घटेकाे शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ७८ अङ्कले घटेर दुई हजार तीन सय ८५ दशमलव ०२ विन्दुमा झरेकाे छ ।
आज हाेटल तथा उत्पादनबाहेक अरू सबै समूहकाे शेयर घटेकाे छ । निर्जीवन बीमा, जीवन बीमा, उत्पादन, विकास बैंक, जलविद्युत्, माइक्राेफाइनान्स र अन्य समूहकाे शेयर उच्च अङ्कले घटेकाे छ ।
आज दुई सय ३७ वटा कम्पनीकाे ३७ लाख ८३ हजार कित्ता शेयर एक अर्ब ५२ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीकाे पाँच कराेड ७५ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।
दाेहाेराे अङ्कले बजार घटेकाे दिन इमर्जिङ नेपाल र न्यादी हाइड्राेपावरकाे शेयर ६ प्रतिशतभन्दा धेरैले घटेकाे छ । समग्र बजार घटे पनि नेस्डाे समृद्ध लघुवित्तकाे शेयर १० प्रतिशतले बढेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।