पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – सिन्धुपाल्चोकको मेलम्ची–४ र पाँचपोखरी थाङपाल–२ को याङ्ग्री मतदान केन्द्रमा बिहान केही बेर उत्पन्न तनाव अहिले साम्य भएको छ ।
मेलम्ची ४ मा अशक्त र अपाङ्गता भएका व्यक्तिहरूलाई आफन्तले नभई दलका प्रतिनिधिहरूले मतदान गर्न सघाएपछि केही बेर तनाव भएको थियो । अहिले स्थिति सामान्य रहेको र शान्तिपूर्ण रूपमा मतदान भइरहेको सिन्धुपाल्चोकका निर्वाचन अधिकृत विकाश शर्मा रिजालले उज्यालोलाई जानकारी दिनुभयो ।
यसैगरी पाँचपोखरी थाङपाल–२ को याङ्ग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि केही बेर तनाव भएको थियाे । अहिले त्यहाँ पनि शान्तिपूर्ण रूपमा मतदान भइरहेको रिजालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।