सलमानले परिवर्तन गरे आयुषको फिल्मको नाम

 असोज ३, २०७५ बुधबार १२:५६:२० | उज्यालो सहकर्मी

बलिउडका सुपरस्टार सलमान खानले उनका बहिनी ज्वाईँ आयूष शर्माको फिल्म लवरात्रीको नाम परिवर्तन गरेका छन् । सलमान स्वयमले यस फिल्मको नाम परिवर्तन भएको कुरा उनको ट्वीटरमार्फत जानकारी दिएका छन् । अब यस फिल्मको नाम ‘लवयात्री’ राखिएको छ । यस फिल्मको नामलाई लिएर धेरै विरोधहरु भइरहेका थिए । 

सलमानले यस फिल्मको नाम लबरात्रि राखेर हिन्दु धर्मावलम्बीहरुको भावनामा ठेस पुर्‍याउन खोजेको आरोप लागिरहेको  थियो । भारतको विहारस्थित मुजफ्फरपुरको एक अदालतले धार्मिक भावनालाई ठेस पुर्‍याउन खोजेको भन्दै सलमान माथि केस दर्ता गर्ने आदेश दिएको थियो । सलमान माथि अश्लिलता फैलाउन खोजेको आरोप पनि लगाइएको थियो । 

सलमानले ट्वीटरमा यस फिल्मको नयाँ पोस्टर रिलिज गर्दै लेखेका छन् ‘यसमा कुनै पनि स्पेलिङ गलत भएको छैन ।’ 

केहि दिन अघि यस फिल्मको नामलाई लिएर भएको विवादमा सलमानले एक कार्यक्रममा भनेका थिए कि ‘यो फिल्म एक प्रेम कहानीमा आधारित छ । तर केही व्यक्तिहरुलाई यस नाम प्रति आपत्ति छ । यस फिल्मका माध्यमबाट कुनै पनि धर्मलाई होच्याउन खोजिएको छैन ।’

तर चर्को विवादपछि सलमानले अन्ततः यस फिल्मको नाम परिवर्तन गर्नु परेको छ । फिल्म ‘लवयात्री’ २०१८ को अक्टुबर ५ मा रिलिज हुनेछ । प्रेम कहानीमा आधारित यस फिल्ममा सलमान खानका बहिनी ज्वाईँ आयुष शर्मा प्रमुख भूमिकामा छन भने उनको जोडीको रुपमा अभिनेत्री वरीना हसेन छिन् ।  
 

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया