पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
मकवानपुर - हेटौँडामा उपमहानगरपालिकामा राप्रपाले अग्रता बनाएको छ । पछिल्लो मतगणना अनुसार राप्रपाका दीपक सिंहले अग्रता बनाउनु भएको हो ।
अहिलेसम्म हेटौँडा उपमहानगरको २२ हजार ८ सय ५० मत गनिसक्दा राप्रपाका सिंहले ८ हजार २ सय ६५ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी गठबन्धनकातर्फबाट एकीकृत समाजवादीकी उम्मेदवार मिना लामाले ८ हजार ६७ प्राप्त गर्नु भएको छ ।
एमालेका अनन्त पौडेलले ६ हजार ५ सय २१ मत ल्याउनु भएको छ । यसैगरी उपमेयरमा भने गठबन्धनका तर्फबाट राजेश बानियाँले ११ हजार ७ सय ९१ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्लेले ८ हजार ३३ मत ल्याउनु भएको छ ।
राप्रपाका इन्दिरा डल्लाकोटीले २ हजार १० मत प्राप्त गर्नु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।