उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
काठमाडौं – सिनेमा ‘छक्का पञ्जा –३’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सिनेमाको पोस्टर सार्वजनिक गरिएको हो ।
सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाईँ, बुद्धि तामाङलाई फिचर गरिएको छ ।
पोस्टर सार्वजनिक गरेसँगै निर्देशक दीपाश्री निरौलाले सिनेमाको ट्रेलर सार्वजनिक गर्ने मिति पनि सार्वजनिक गरेकी छिन् । ‘छक्का पञ्जा –३’ को ट्रेलर आगामी शनिबार ८ बजेपछि सार्वजनिक हुनेछ ।
सार्वजनिक पोस्टरलाई टौवा क्रियसनले डिजाइन गरेको हो ।
दसैँको अवसर पारेर प्रदर्शनमा आउने यस सिनेमामा दीपकराज गिरी, दीपिका प्रसाईँ, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुराग क्वँर, शारदा गिरी, संजोग कोईराला, बसन्त भट्टलगायतका कलाकारको अभिनय रहेको छ ।
आमा सरस्वती मुभिज प्रालि तथा आईएमईको प्रस्तुति ‘छक्का पञ्जा –३’ का कार्यकारी निर्माता जितु नेपाल र केदारप्रसाद घिमिरे हुन् । सिनेमाका निर्माताका रुपमा सुमन गिरी भान्जा, किरण केसी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाईँ, दीपेन्द्र खनिया र केशव न्यौपाने छन् ।
अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहने यस सिनेमामा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहेको छ । सिनेमामा विजय बस्याल र सान थापा (टौवा क्रियशन)ले पब्लिसिटी डिजाइनको काम सम्हालेका छन् भने सिनेमालाई पुरुषोत्तम प्रधानले छायाकंन गरेका हुन् ।
अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहने यस सिनेमामा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहेको छ । सिनेमामा विजय बस्याल र सान थापा (टौवा क्रियशन)ले पब्लिसिटी डिजाइनको काम सम्हालेका छन् भने सिनेमालाई पुरुषोत्तम प्रधानले छायाकंन गरेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।