पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
मंसिर १६, २०८१ आइतबार
चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालको मतान्तर केही घटेको छ । अहिलेसम्म ५७ हजार सात सय ७७ मतगणना हुँदा दाहाल तीन हजार एक सय ८१ मतले अघि हुनुहुन्छ ।
पछिल्लो मत परिणामअनुसार दाहालले २१ हजार ६ सय ८३ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले १८ हजार पाँच सय दुई मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अहिलेसम्म आठ हजार ६७ मत प्राप्त गर्नुभएकाे छ ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ । उहाँले २४ हजार ३० मत ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी राप्रपाका उम्मेदवार हिमला गुरुङले १४ हजार ६ सय ५४ मत ल्याउनुभएको छ । उहाँहरूबीच नाै हजार तीन सय ६७ मतकाे मतान्तर रहेकाे छ ।
भरतपुर -१२
खसेको मत: ४५३१
मतगणना :३६४३
अध्यक्ष
सूर्य (हरि पन्त) - १६७४
कलम ( नरेन्द्र कन्दङ्वा) - १३०६
(३६८ मतले हरि पन्त अगाडि )
रेनु : १२५०
विजय : १४८९
जगन्नाथ : ४३३
भरतपुर -११
मतगणना : ७८१३
अध्यक्ष
कमल मल्ल (सूर्य ) - ३३३७
युवराज पाैडेल (हँसिया हथाैडा) - २५८६
(७५१ मतले कमल मल्ल अगाडि )
रेनु : २९६३
विजय : २८३०
जगन्नाथ : ४९९
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।