पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
सोलुखुम्बु - विश्व तापमान वृद्धि र मानवीय गतिविधिका कारण असुरक्षा बढेको भन्दै नेपालले सगरमाथा आधार शिविर अर्को ठाउँमा निर्धारण गर्ने तयारी गरिरहेको छ ।
अहिले खुम्बु हिमनदीकै छेउमा आधार शिविर छ । तर हिमनदी तीव्र गतिमा पातलिँदै गइरहेकाले आधार शिविर अहिलेकाे भन्दा २ सयदेखि ४ सय मिटर तल सार्ने तयारी भइरहेको पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार अहिलेको आधार शिविरभन्दा केही तल बाह्रैमास हिउँ नहुने ठाउँमा नयाँ आधार शिविर राखिनेछ । अहिले सगरमाथाको आधार शिविर ५ हजार ३ सय ६४ मिटर उचाइमा छ । पर्वतारोहण गर्ने याममा आधार शिविरमा झन्डै १ हजार ५ सय जना भेला हुन्छन् । जसका कारण तापमानमा वृद्धि हुन गइ त्यहाँको हिउँ बढी मात्रामा पग्लिने भएकाले आधार शिविर हिउँ नहुने ठाउँमा सार्ने तयारी भइरहेको पर्यटन विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
हिउँ पग्लेर बन्ने पानीले हिमनदीलाई अस्थिर बनाएको अनुसन्धानकर्ताहरू बताउँछन् । जसका कारण आरोहीहरु सुतेका बेला “खर्पास“ (खाल्टो) पर्ने क्रम बढेको पाइएको पर्वतारोहीहरुले बताएका छन् ।
सगरमाथा क्षेत्रमा हुने आरोहण सहजीकरण तथा निरीक्षणका लागि गठित एउटा सरकारी समितिको सिफारिसपछि यो तयारी थालिएको पर्यटन विभागले जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।