उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
शुक्रबार प्रदर्शनमा आएका चलचित्रहरु हुन् इन्टु मिन्टु लण्डनमा, बाँध मायाले र धूम ३ । तीन चलचित्रहरुमध्ये रेनशा वान्तवा राई निर्देशित चलचित्र इन्टु मिन्टु लण्डनमा ले आक्रामक व्यापार गरिरहेको छ ।
प्रेमकथामा आधारित चलचित्र इन्टु मिन्टु लण्डनमा विशेषत युवायुवतीको रोजाइमा परेको छ । चलचित्रलाई साम्राज्ञी र धिरजको क्रेजले पनि फाइदा पुर्याएको देखिन्छ ।
शुक्रबारबाटै व्यापार सुरु गरेको यस चलचित्रले शनिबार अझ आक्रमक व्यापार गर्याे । शुक्रबार करिब ५५ लाख व्यापार गरेको चलचित्रले शनिवार झण्डै दोब्बर पुर्यायो ।
निर्देशक रेनशा वान्तवा राइका अनुसार शनिबार देश भरिको व्यापार करिब १ करोड बराबर भएको थियो । शनिबार देशैभरका इन्टु मिन्टु लण्डनमा लागेका मल्टिप्लेक्स र सिंगल हल हाउफूल भएका थिए ।
आइतबार भने चलचित्रलाई बन्दको केही प्रभाव परेको बुझिएको छ । चलचित्रको व्यापारलाई लिएर निर्देशक राई तथा मुख्य कलाकार धिरज, साम्राज्ञी र सारुक पनि उत्साहित छन् । २ वर्षदेखिको मेहनतको फल प्राप्तभएको छ, निर्देशक राईले भनिन् ।
निर्देशक राई चलचित्रका मुख्य ३ कलाकारलाई साथमालिएर उपत्यकाका विभिन्न हलमा पुगेकी थिइन् । कलाकारको साथमै बसेर चलचित्र हेर्न पाउँदा दर्शकहरुले समेत खुशी देखिन्थे ।
यही शुक्रबारबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो बाँध मायाले ।
रिलिजअघि चलचित्रको जति चर्चा थियो, रिलिजपछि भने त्यो कायम हुन सकेन । चलचित्र बाँध मायाले ले भने सामान्य व्यापार गरेको छ ।
सविर श्रेष्ठले निर्देशन गरेको चलचित्र बाँध मायाले इन्टु मिन्टु लण्डनमाकै चेपुवामा परेको छ भन्दा फरक नपर्ला । चलचित्रका गीत संगीतले दर्शकको मन राम्रै जितेको थिायो ।
चलचित्रको मलाइ मुटु हुनु छ तिम्रो बोलको गीतलाइ दर्शकले मन पराएका थिए । चलचित्रमा आर्यन अधिकारी, सृष्टि श्रेष्ठ, किसोर खड्कालगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
त्यस्तै त्यसै दिनबाट प्रदर्शनमा आएको चलचित्र हो धूम ३ ।
अन्य २ चलचित्रको तुलनामा प्रचार प्रसारमा पनि पछाडि देखिएको थियो यो चलचित्र । तर निर्माण युनिटले भने हल सञ्चालकहरुले आफ्नो चलचित्रलाई वास्ता नगरेको आरोप लगाएका छन् ।
जयकिसन बस्नेतको निर्देशन, लेखन र निर्माण रहेको चलचित्र ‘धुम ३’ मा अलिना रायमाझी, जयकिसन बस्नेत, प्रज्वल गिरी, लय संग्रौला, सोभित बस्नेत, उत्तम केसी, सुरविर पण्डित, सिम्रन कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।