‘टंक र अशोकको पारिश्रमिक ३ लाख सुनेर लडे बल्छी’

 असोज १०, २०७५ बुधबार २०:४४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – समसामायिक विषय वस्तुमाथि झटारो हान्ने हास्यव्यङग्य टेलिसिरियल ‘मेरी बास्सै’मा यो साता गायक तथा संगीतकार टंक बुढाथोकी र बालगायकद्वय अशोक दर्जी र एआर बुढाथोकी पुगेका छन् । 

यो साता गाउँमा गाउँको चर्चा र भलाईको लागि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा अशोक दर्जी, टंक बुढाथोकी, ए आर बुढाथोकी लगायतका कलाकारलाई निम्ता गरिएको छ ।

यही निम्ता स्विकारेर उनीहरु गाउँमा आयोजना भएको सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिन पुगेका छन् ।

कार्यक्रममा उनीहरुले लिने पारिश्रमिकको कुरा सुनेर बल्छी कान्लाबाट खसेका छन् ।  टंक र अशोकले तीन लाख पारिश्रमिक लिने कुरा सुन्ने बित्तिकै बल्छी कान्लाबाट खसेका हुन् । 

गाउँमा आयोजना भएको त्यस कार्यक्रमलाई कलाकार प्याकुली अर्थात जानुका पौडेलले सञ्चालन गरेकी छिन् । 

मेरी बास्सैमा कार्यक्रम सुरु हुनुभन्दा अगाडि भने प्रमुख अतिथिको लागि निकै लामो छलफल र बहस भएको छ । कार्यक्रममा काजी बा नै प्रमुख अतिथि बन्नु पर्छ भन्ने कुरा भइरहेको हुन्छ । तर अन्त्यमा कार्यक्रममा प्रमुख अतिथिको रुपमा भने सापटे काकालाई बोलाइन्छ ।

पुराना कलाकारको पुनरागमन हुँदै

पछिल्लो समय मेरी बास्सैले नयाँ विषयबस्तुमा  पुरानै स्वाद दिने प्रयास गरेको छ । यसका लागि पुरानै कलाकारहरु फर्काउने क्रम बढ्दो छ ।   केही हप्ता अघि मात्रै मेरी बास्सैमा मैयाँको पुनरागमन भएको छ । 

उनको आगमनले मेरी बास्सैले पहिलेको झल्को त दिएको छ । तर उनको अभिनय पहिलेको भन्दा बिग्रिएको प्रतिक्रिया पनि दर्शकको छ । 

 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया