काठमाण्डाै उपत्यकाबाट हराएका २७ वटा मोटरसाइकल तथा स्कुटर फेल...
मंसिर १३, २०८१ बिहिबार
देशले काँचुली नफेरे पनि प्रविधिले भने ठूलाे फड्को मारेको छ । भन्नेहरूले समय बदलियो पनि भन्छन् । तर समय होइन यहाँ मानिसको रहन सहनमा भने परिवर्तन भएको हो ।
प्रविधिले मानिसको आनीबानीलाई पनि फेरिदिएको छ । अहिलेको समय भनेको प्रविधिसँगै अघि बढिरहेको छ । आजकाल मोबाइल नहुने मानिस नै छैनन् कि झैँ लाग्छ । प्रायः सबैको हातमा मोबाइल देखिन्छ । यसका पनि राम्रो र नराम्रो दुवै पक्ष होलान् तर जुनसुकै वस्तुको पनि सही प्रयोग भयो भने मात्र राम्रो हो । नत्र नराम्रो यो स्वाभाविक नै हो ।
अहिले प्रविधिले संसारलाई एकै ठाउँमा जोडेको छ । आजभन्दा करिब दुई दशक पछाडि फर्केर हेर्ने हो भने अहिलेजस्तो कहाँ थियो र । त्यो समय आज सम्झँदा त कथाजस्तै लाग्छ । त्यो बेलामा न त हात हातमा मोबाइल थियो न त घर घरमा फोन । कतै कतै भने ल्याण्डलाइन फोनहरू थियो ।
फोटो खिचिहाल्यो भने पनि धुलाउन सहज थिएन । खिचेको फोटो हातमा पर्दा त खुसीले खुट्टा आफैँ नाचे झैं भान हुन्थ्यो । आफ्नो फोटो आफैँले हेर्न पाउँदा मन फुरुङ्ग हुन्थ्यो ।
अहिले त प्रत्येक पल मोबाइलमा खिच्यो अनि फेसबुक लगायतका विभिन्न माध्यममार्फत पठाउन कति समय पनि कुर्न पर्दैन । तर त्यो बेलामा त यदि परिवारको कोही सदस्य परदेशमा छ भने उसको फोटो हेर्न या नयाँ फोटो उसलाई पठाउन पनि निकै सङ्घर्ष गर्न पथ्र्यों ।
त्यो बेला फोटो पठाउन भन्दा पहिला त्यसको पछाडि सन्देश लेखिन्थ्यो अथवा लेखाइन्थ्यो भनम । कसको अक्षर राम्रो होला भनेर खोजिन्थ्यो । लामो प्रयासपछि फोटो र सन्देश त तयार हुन्थ्यो । अब पठाउने एउटै विकल्प हुलाक अथवा परदेश जाने मान्छेको खोजी थियो ।
अहिलेजस्तो परदेश जाने मान्छेको घुइँचो पनि कहाँ थियो र ? खोज्नु पथ्र्यों । अर्को विकल्प हुलाक नै थियो । अब दोस्रो विकल्प नै भए पनि रोज्नु त पर्याे नै । हुलाक जानुभन्दा पहिला पत्र पनि लेख्नु नै पर्थ्याे । आहा कस्ता मीठा, मधुर शब्द हुन्थे त्यो बेलाका चिठ्ठीमा । अहिले जस्तो चौबिसै घण्टा मोबाइलमा कचकच नहुने भएर होला सायद ।
चिठ्ठी भित्रको फोटो बिग्रन्छ कि भनेर समाल्दै हुलाक पुग्दा चिठ्ठी पठाउनेहरुकोे लाइन लागेको हुन्थ्यो । हुलाकमार्फत पठाउँदा पनि दुई वटा विकल्प थियो । कि त रजिष्ट्री गर्नु पर्थ्याे कि त साधारण तरिकाले पठाउन पाइन्थ्यो । तर आफ्नो मानिसले सन्देश छिटो पाओस् भनेर पनि पैसा भएसम्म त रजिष्ट्री नै गर्न मन हुन्थ्यो । रजिष्ट्री गरेपछि रसिद लिएर घर फर्किँदा अर्कै रमाइलो लाग्थ्यो ।
कामना एउटै हुन्थ्यो चिठ्ठी चाँडै पुगोस्, अनि प्रतिक्षा चाँडै जवाफ आओस् भन्ने हुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Singh raj bk
Aug. 24, 2022, 3:10 p.m.म आफैले पनि त्यो समय सम्झना छ यो लेख पढ्दा पढ्दै त्यहि कल्पना मा डुबेछु