पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
ताप्लेजुङ – ताप्लेजुङको पूर्वी गाउँपालिकाहरूको सिमानामा रहेको फावाखोलामा मोटरेबल पुल बनेपछि अब अर्को जिल्ला घुमेर यात्रा गर्नुपर्र्ने बाध्यता हटेको छ । प्रदेश १ का उद्योग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङ्गामले पुल उद्घाटन गर्नुभयो ।
पुल नहुँदा सिरिजंघा आउजाउ गर्न पाँचथरको सिंहपुर, भालुचोक, गणेश चोक थर्पु हुँदै काबेली खोला तरेर घुम्नुपर्ने बाध्यता थियो । अब भने ताप्लेलुङ जिल्लाबाट नै सिरिजंघा पुगिने छ ।
फुङलिङ नगरपालिका ११ फावाखोला र सिरिजंघा गाउँपालिका ३ सिकैचाको बीचमा रहेको फावाखोलामा पुल निर्माण सम्पन्न भएको हो । पुल बनेपछि दुई पालिकामात्र नभइ कञ्चजंघा हिमाल चढ्न पुग्ने पर्यटकका लागि पनि यो पुल सहज बनेको छ ।
पुल बनेसँगै स्थानीयवासी खुसी भएका छन् । स्थानीयवासी नेत्र बोखिम भन्नुहुन्छ, ‘आफूले उत्पादन गरेका अलैँचीलगायतका नगदेबाली सदरमुकाम पुर्याउन एक दिन अर्काे जिल्ला घुमाउनुपर्ने थियो अब सिधै पु¥याउन सकिने भएको छ ।’
पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय पाँचथरले पाँच करोड ५७ लाख ८८ हजार रुपैयाँमा रायमाझी हिमालयन÷जे.भी. कन्स्ट्रक्शनलाई २०७४ असोज १४ गते ठेक्का लगाएको थियो । यो पुल २६ दशमलव २० मिटर लम्बाइ र ७ दशमलव ५ मिटर चौडाइको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।