पालिका उपचुनाव : बिहानैदेखि मतदाताको उत्साहजन सहभागिता (फो...
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ७ मा पहिरोले बगाउँदा बेपत्ता भएका छ जना सबैकाे परिचय खुलेकाे छ ।
बेपत्ता हुनेमा वर्ष ४२ का ध्रुवराज बिष्ट, वर्ष ३५ की ममता बिष्ट, वर्ष १३ का कृपेश बिष्ट, वर्ष ११ की ज्यानी बिष्ट तथा वर्ष ८० की लालका शाही छन् ।
स्थानीय ध्रुवराराज बिष्टको घर पहिरोले बगाउँदा उहाँको परिवारका पाँच जना र अर्का एक जना गरी छ जना बेपत्ता भएका थिए ।
आज बिहान पहिरोले घर बगाएको सूचना आउने बित्तिकै घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले जानकारी दिनुभयो । कालिकोट लगायत कर्णाली प्रदेशका धेरै ठाउँमा लगातार पानी परिरहेको छ । वर्षाले कर्णाली राजमार्ग पनि अवरुद्ध छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।