उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
कुनै समयमा ग्ल्यामरस स्टाइलले दर्शकको मन जित्न सफल अभिनेत्री बिपाशा बासु लामो समयदेखि बलिउड फिल्मबाट टाढिएकी छिन् ।
उनले सुपरहिट फिल्म ‘राज’ र ‘जिस्म’ मा काम गरिसकेकी छिन् । सन् २०१५ मा बासु र उनका श्रीमान करण सिंह ग्रोवरका साथ फिल्म ‘एलोन’ मा देखिएकी थिइन् ।
बिपाशा र करण फिल्मबाट टाढा रहे पनि बेला बेलामा यो जोडी कहिले रेस्टुरेन्टमा समय बिताइरहेको त कहिले विदेशमा रमाइलो गरिरहेका भिडियो तथा तस्बिरहरु मिडियामा छाइरहेका हुन्छन् । सन् २०१६ मा करण सिंह ग्रोवरसँग विवाह गरेकी विपाशा करणभन्दा निकै सिनियर हुन् ।
फिल्ममा कामको अनुभव, उमेर वा सम्पत्ति यी सबै कुरामा विपाशा उनका श्रीमानभन्दा अगाडि नै छिन् । खबरहरुका अनुसार विपाशा उनका श्रीमान करण सिंह ग्रोवरभन्दा ७ गुणा धनी छिन् । विपाशा एक अर्बभन्दा धेरै सम्पत्तिकी मालिक हुन् ।
एक भारतीय वेबसाइटका अनुसार बिपाशा बासु करी १ सय ७२ करोड ८ लाख रुपैयाँकी मालिक हुन् भने उनका पति करण सिंह जम्मा २३ करोड २ लाख रुपैयाँ बराबरको सम्पत्तिका मालिक हुन् । विपाशाको हातमा फिल्महरु नभए पनि उनी कयौं मल्टिनेशनल कम्पनीको विज्ञापनमा काम गरिरहेकी छिन् ।
सोही विज्ञापन मार्फत विपाशा आम्दानी गरिरहेकी छिन् । उनले रिबोक, एरिस्ट्रोकेट लगेज, फा डियोड्रेन्ट, गिली ज्वेलरी, हेड एण्ड शोल्डर स्याम्पूलगायत थुप्रै कम्पनीहरुका विज्ञापन गरिसकेकी छिन ।
बिपाशा कयौं स्टेज शो मा समेत काम गरिरहेकी छिन् । उनी प्रति स्टेज शो को २ करोड रुपैयाँ पारिश्रमिक लिने गर्छिन् । बिपाशाका साथ ओडी ७, पोर्शे, वोक्सवेगन बिटलजस्ता लग्जरी गाडीहरु छन् । उनका मुम्बइमा २ वटा घर र कोलकतामा १ घर गरी तीन वटा घर छन् ।
विभिन्न रियालिटी शो तथा विज्ञापनमा काम गरेर आम्दानी गरिरहेका बिपाशाका श्रीमान करण सिंह ग्रोवरसँग भने एउटा ओडी ७ गाडी र मुम्बइमा एउटा मात्रै फ्ल्याट रहेको छ ।
एक समयमा बलिउडकी टप हिरोइन मध्यकी एक बिपाशा अहिले एउटा फिल्मको २ देखि ३ करोड रुपैयाँ पारिश्रमिक लिने गर्छिन् । उनका श्रीमान करण भने टेलभिजनबाट आफ्नो करियर सुरु गरेका थिए । विभिन्न टेलिभिजन सिरियलमा काम गरेर चर्चा बटुलेका करणले एक दिनको शुटको ८० हजार रुपैयाँ पारिश्रमिक लिने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।