पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
ताप्लेजुङ – जिल्ला अस्पताल ताप्लेजुङमा रहेका कराेडाैका स्वास्थ्य उपकरण प्रयोगविहीन बनेका छन् । आईसीयू लगायत अन्य उपकरणहरु केही धुलोले पुरिएका छन् भने केही जडान गरिए पनि प्रयोगविहीन बनेका छन् ।
कोभिड १९ लाई मध्यनजर गरेर आईसीयूसहितको उपचारको लागि जिल्ला अस्पताललाई पाँच वटा बेड सञ्चालन गर्न नेपाल सरकारले अनुदान प्रदान गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारले आईसीयू सञ्चालनका लागि एक करोड ८ लाख ६१४ रुपैयाँ अनुदान दिएको थियो । त्यही अनुसार आईसीयूलाई चाहिने उपकरणहरु खरिद गरिएको थियो ।
त्यही अनुसार २ वटा भेन्टिलेटर, ५ वटा बेड साइड मोनिटर, २ वटा सक्सन पम्प ३ वटा सिरिन्ज पम्प २ वटा ह्वील चेयर रहेका छन् । ५ वटा आईसीयू बेड इलेक्ट्रिक, ३ वटा इन्फ्यिुजन पम्प, १ वटा इसीजी मेसिन, १ वटा डीएईडी, १ वटा यूएसजी पोर्टेबल, कलर डोप्लर, १ वटा एबीजी मेसिन, ५ वटा अक्सिजन हूड, २ वटा ट्रली मेडिसिन, २ वटा ट्रली इन्स्ट्रुमेन्ट, २ वटा क्रयास कार्ट खरिद गरिएको छ ।
तीमध्ये २ बेड तयार गरिएका छन् । तर, ती पनि प्रयोगविहीन छन् । अन्य उपकरण भने गोदाममा राखिएका छन् । एउटा रुममा साधारण तरिकाबाट २ बेड जोड्ने काम मात्र भएको छ । तीनवटा वेड र सम्बन्धित उपकरणहरु भने गोदाममा थन्किएका छन् । धुलोले पुरिएका छन् ।
अस्पतालमा आईसीयू चलाउने न डाक्टर छन् । न त्यससम्बन्धी विज्ञ नै छन् । आईसीयू संचालनमा ल्याउने हो भने कम्तीमा पनि १५ देखि २० जनशक्ति चाहिने जिल्ला अस्पतालका सूचना अधिकारी विजया राईले बताउनुभयो । यस्तै, ४/५ जना त्यस सम्बन्धी विज्ञ डाक्टर, एनिस्थेसिया एसिस्टेन्ट २ जना चाहिने पनि राईले बताउनुभयो ।
यस्तै, जिल्ला समन्वय समितिका संयोजक तथा अस्पताल विकास समितिका अध्यक्ष छिरिङ शेर्पाले जसरी भए पनि जनशक्ति राखेर चाडो भन्दा चाडो उपकरणहरु प्रयाेगमा ल्याइ बिरामीलाई सेवा दिने बताउनुभयो । उहाँले आफू भरखर मात्र अस्तालको अध्यक्षमा चुनिएको र बुझेर सबै काम गर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।