गुल्मीमा आचारसंहिता उल्लङ्घनका १ सय २० वटाभन्दा बढी उजुरी

 मंसिर १, २०७९ बिहीबार ९:१५:२२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव नजिकिँदै जाँदा गुल्मीमा भने आचारसंहिता उल्लङ्घनका घटनाहरु बढ्न थालेका छन् । जिल्लामा चुनाव प्रचारप्रसारका क्रममा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुबाट आचारसंहिता उल्लङ्घन भएकाे भन्दै उजुरी पर्ने क्रम बढ्दै गएको हो । 

निर्वाचन आयोगले जिल्लामा आचारसंहिता उल्लङ्घन गरे वा नगरेको विषयमा अनुगमन गर्न कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक छविन्द्र बेल्वासेलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको छ । बेल्वासेका अनुसार गुल्मीमा लिखित र मौखिक गरी १ सय २० भन्दा बढी उजुरी परेको छ। उहाँले मौखिक १ सय ४ र लिखित रुपमा १६ वटा उजुरी परेका जानकारी दिनुभयाे । 

उजुरीहरुमा जनप्रतिनिधिहरु आफ्नै पालिकामा प्रचारप्रसारमा संलग्न भएको, गाउँमा जस्तापाता तथा पाइप वितरणका लागि लगिएको, मोटरबाटो खन्ने काम गरेको, शिक्षक तथा कर्मचारीहरुले उम्मेदवारहरुसँग तस्बिर खिचाएको, सामाजिक सञ्जालहरुमा अनावश्यक पोष्ट गर्ने गरेको, घर तथा सार्वजनिक ठाउँरुमा दलका झण्डाहरु राख्ने गरेको, ध्वनि प्रदूषण गरी गाडीहरुमा डेक बजाएको लगायत रहेका छन् । 

जिल्लामा सबैभन्दा बढी उजुरी पर्ने पालिकाहरुमा मुसिकोट नगरपालिका, इस्मा, मालिका र धुर्कोट गाउँपालिका रहेका उहाँले बताउनु भयाे। यसरी परेको उजुरीका आधारमा मौखिक र लिखित रुपमा स्पष्टीकरण सोधिने बेल्वासेले बताउनुभयो । 

उहाँका अनुसार उजुरीका आधारमा अनुगमन समितिले मुसिकोटबाट ट्र्याक्टरमा लैजाँदै गरेको जस्तापाता र मदानेबाट एक ट्र्याक्टर पोलोथिन पाइप बरामद गरी प्रहरीको नियन्त्रणमा राखेको जनाएकाे छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया