काठमाण्डौ महानगरकी पूर्व उपमेयर हरिप्रभा खड्गी प्रदेशसभा सदस्यमा निर्वाचित

 मंसिर ६, २०७९ मंगलबार २३:२५:८ | रासस
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाकी पूर्व उपमेयर हरिप्रभा खड्गी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएकाे छ । काठमाण्डौ क्षेत्र नं ६ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसकी उम्मेदवार खड्गी विजयी हुनुभएको हाे ।

गएकाे मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको आज राति सम्पन्न प्रदेशसभा (१)को मतगणनामा कांग्रेसकी खड्गीले चार हजार तीन सय ५६ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत सम्झना खनालले बताउनुभयाे ।

यस्तै नेकपा (एमाले)का उम्मेदवार निरेशलालसिंह महर्जनले तीन हजार नौ सय ३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार  जगतसागर महर्जनले तीन हजार सात सय ९८ मत प्राप्त गर्नुभएको छ । 

विजयी खड्गी यसअघि विसं २०७४ मा सम्पन्न पालिका तहको चुनावमा काठमाण्डौ महानगरपालिकाबाट उपप्रमुखमा विजयी हुनुभएको थियो । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया