इंलिस प्रिमियर फुटबलमा आज पाँच वटा खेल हुँदै
मंसिर १५, २०८१ शनिबार
रसुवा – रसुवामा मङ्गलबार राति सम्पन्न प्रदेशसभा २ को प्रत्यक्षतर्फको मत परिणामअनुसार नेकपा माओवादी केन्द्रका इन्द्रप्रसाद गोतामे विजयी हुनुभएको छ ।
उहाँले आठ हजार पाँच सय ३३ मत प्राप्त गरी विजयी हुनुभएको मतदान अधिकृतको कार्यालयले जनाएको छ । गोतामेका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तेम्व्रेल तामाङले चार हजार ८४ मत प्राप्त गर्नुभएको छ ।
यस क्षेत्रमा मतगणना सम्पन्न भई अन्तिम नतिजा घोषणा गर्ने तयारी भइरहेको छ । प्रदेशसभा २ तर्फ १४ हजार पाँच सय ५८ मत खसेकामा तीन सय ५८ मत बदर भएको थियो । रसुवामा हालसम्म प्रतिनिधिसभा र प्रदेशसभातर्फ प्रत्यक्षको मतगणना सम्पन्न भइसकेको छ भने समानुपातिकतर्फको मतगणना भोलि बिहान ९ बजेदेखि सुरु गरिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।