इंलिस प्रिमियर फुटबलमा आज पाँच वटा खेल हुँदै
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – ललितपर-१ काे प्रदेशसभा (२)मा नेपाली कांग्रेसका मीनकृष्ण महर्जन विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार महर्जनले नेकपा एमालेका चेतनाथ सञ्जेललाई चार हजार दुई सय १४ मतले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार कांग्रेसका उम्मेदवार महर्जन १३ हजार तीन सय ७८ मत प्रप्त गरी बागमती प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार सञ्जेलले नौ हजार एक सय ६४ मत प्राप्त गर्नुभएको छ ।
राप्रपाका उम्मेदवार विश्वराज न्यौपानेले एक हजार छ सय नौ, नेमकिपाका मन्पी महर्जनले दुई सय चार, मङ्गोल नेशनल अर्गनाइजेशनका तिलकबहादुर जिम्माले एक सय ४२, हाम्रो नेपाली पार्टीका अशोककुमार केसीले तीन सय ७६, स्वतन्त्र उम्मेदवार तिलकबहादुर भोलनले चार, देवेन्द्र श्रेष्ठले ११, नवराज कुँवरले ३३, पिताम्बर सञ्जेलले २५, रमेशकुमार सञ्जेलले १०, राजेन्द्र महर्जनले सात, बद्रीबहादुर बस्नेतले आठ, श्रीलाल भोम्जनले एक सय पाँच र सरोजकुमार विष्टले आठ मत प्राप्त गर्नुभएको छ ।
सैतीस हजार छ सय १४ मतदाता रहेको यस क्षेत्रमा २५ हजार सात सय ३१ मत खसेको थियो । यस क्षेत्रमा छ सय ७७ मत बदर भएको थियो भने २५ हजार ८५ मत सदर भएको निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।