पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
म्याग्दी – म्याग्दीको बेनी नगरपालिका ८ बेनीमा आज (बुधवार) माटोको ढिस्को खसेर पुरिँदा एक जना निर्माण व्यवसायीको ज्यान गएको छ ।
म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणस्थलमा खसेको ढिस्कोले पुरिएर अन्नपूर्ण गाउँपालिका ६ घारका कृष्ण बरुवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
म्याग्दी क्याम्पसको भवन निर्माणका लागि खनिएको जगको नाप/जाँच गर्न पुगेका निर्माण व्यवसायी बरुवालको जगभन्दा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर ज्यान गएको म्याग्दीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयाे ।
प्रहरी नायब उपरीक्षक भारतीका अनुसार माटोको ढिस्कोले पुरिएका बरुवालको डाेजरकाे सहायतामा नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरी बेनी अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । निर्माण व्यवसायी बरुवाल उत्तरगंगा निर्माण सेवाका सञ्चालक हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।