सप्तरीमा हात्तीले ५ वटा घर भत्कायो

 मंसिर २५, २०७९ आइतबार २०:११:४३ | रासस
unn.prixa.net

सप्तरी – सप्तरीको कञ्चनरूपमा जङ्गली हात्तीले शनिवार राति तीन परिवारको पाँच वटा घर भत्काउँदा चार लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले कञ्चनरूप नगरपालिका–१२ मातिन परिवारको पाँच वटा घर भत्काएर क्षति गरेको वडा सदस्य जैनुद्दीन मियाँले बताउनुभयो । 

कञ्चनरूप–१२ धानुक टोलमा पसेको हात्तीले दलुलाल मण्डलको दुई वटा घर, सञ्जु मण्डलको दुई वटा घर र कैली रामको एउटा घर भत्काउनुका साथै अन्नपात खाएर नष्ट गर्दा झन्डै चार लाख रुपैयाँ बराबरको क्षति भएको वडा सदस्य मियाँले बताउनुभयो । 

एउटा जङ्गली हात्ती वडा नं १२ को बस्तीपुर, श्रवणपुर, सीतापुर, चर्खियालगायत गाउँबस्तीमा प्रवेश गरि किसानले लगाएको तरकारी बाली तथा अन्न बाली खाएर, कुल्चिएर नोक्सान पुर्‍याउँदा लाखौँको क्षति भएको स्थानीयवासीले बताएका छन् । 

हात्तीगाउँमा पसेपछि गाउँले रातभरि डर–त्रासमा जाग्राम बसेका छन् । यस भेगमा बर्सेनि हात्तीले आतङ्क मच्चाउनुका साथै मानिसको ज्यानसमेत लिने गरेको छ । हात्तीको आतङ्कलाई न्यूनीकरण गर्नेतर्फ सम्बन्धित निकायले चासो नदेखाएको भन्दै गाउँलेले आक्रोश व्यक्त गरेको छन् ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया