इंलिस प्रिमियर फुटबलमा आज पाँच वटा खेल हुँदै
मंसिर १५, २०८१ शनिबार
उदयपुर - उदयपुरको पूर्वी क्षेत्रको बेलका तथा चौदण्डी गढीको पहाडी क्षेत्रको भीरपाखामा पाइने दुर्लभ पक्षी हुचिल लोप हुँदै गएको छ । बासस्थानको समस्या तथा सिकार गर्ने गरेका कारण हुचिल आजभाेलि यस क्षेत्रबाट लोप हुँदै गएको छ ।
बेलका नगरपालिकाको मैनामैनीको सुघाचरी भिर पाखा, बोपताङ डाँडाको भिरपाखा, चम्पाकोट पाखा तथा चौदण्डी गढीको सिद्धीपुर र बेलकाको कटुन्जेबबलाको पाखा पहरातिर केही वर्ष अघिसमम व्यापकरुपमा पाइने हुचिल हिजोआज यस क्षेत्रमा पाइन छोडेको चौदण्डी बबलाका रामबहादुर मगर बताउनुहुन्छ । 'केही वर्षअघिसम्म चौदण्डीको कटुन्जे बबलाको भिरपाखा तथा जङ्गल क्षेत्रमा हिउँद वर्षा दुवै याममा हुचिल जताजतै पाइन्थ्यो', उहाँले भन्नुभयो ।
केही वर्षयता यसको सिकार हुन थालेको र केहीले यसको बासस्थानसमेत नष्ट गरेको पाइएको मगर बताउनुहुन्छ । हुचिलको सिकार गर्न गोप्यरुपमा अन्यत्र जिल्लाबाट सिकारी आउने गरेको उहाँको भनाइ छ । स्थानीयसँग मिलेर हुचिल सिकार गर्ने गरेको पाइएको मगर बताउनुहुन्छ ।
बेलका नगरपालिका–५ को मैनामैनी क्षेत्रको बोपताङ डाँडा पाखा क्षेत्र, चम्पाकोट तथा सुघाचरी भीरपाखामा समेत विगतमा धेरै सङ्ख्यामा हुचिल पाइन्थ्यो । स्थानीय मानबहादुर राई केही समययता फाटफुट्ट मात्र देख्न सकिने बताउनुहुन्छ । 'हिजोआज गाउँघरमा रातभरि नै हुचिल कराएको सुनिँदैन', उहाँले भन्नुभयो ।
हुचिल मार्न, पक्रन र पासो थाप्न यहाँ बाहिरबाट आउने गरेका स्थानीयवासी बताउँछन् । हुचिल जिउँदै अन्यत्र लगेर बिक्री गर्ने गरेको पाइएको छ । जिउँदो हुचिल २० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । बेलका नगरपालिकाका पूर्व नगरप्रमुख दुर्गाकुमार थापा आफूले बेलकाको मैनामैनीको सुगाचरी भिर बोपताङ डाँडा र भिरमा पाइने दुर्लभ प्रजातिका गिद्धको संरक्षण र हुचिल संरक्षणको अभियान नै चलाएको बताउनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।