प्रिमियर लिग : लिभरपुल ब्राइटनसँग ३–० गोलले पराजित

 माघ १, २०७९ आइतबार ६:४८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । गएराति भएको खेलमा लिभरपुललाई ब्राइटनले ३–० गोलले हरायो ।

ब्राइटनको जितमा सोली मार्चले दुई गोल गरे । ड्यानी वेल्बेकले एक गोल थपे । जितसँगै ब्राइटनले १८ खेलमा ३० अङ्क जोडेको छ ।

ब्राइटन सातौँ स्थानमा छ । लिभरपुल १८ खेलमा २८ अङ्कका साथ नवौँ स्थानमा छ । प्रिमियर लिगका अरु खेलमा साउथह्याम्पटनले एभर्टनलाई २–१ गोलले, नटिङ्घम फरेस्टले लेस्टर सिटीलाई २–० गोलले, उल्भ्सले वेस्ट ह्यामलाई १–० गोलले तथा ब्रेन्टफोर्डले बर्नमाउथलाई २–० गोलले हराएको छ ।

प्रिमियर लिगमा आर्सनल १७ खेलमा ४४ अङ्ककासाथ शीर्ष स्थानमा छ ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया