इंलिस प्रिमियर फुटबलमा आज पाँच वटा खेल हुँदै
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नवनियुक्त उपप्रधान एवम् ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गर्नुभएको छ ।
उपप्रधानमन्त्री पदको शपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उहाँले सिंहदरबारमा पुगेर आफ्नो कार्यकक्षमा मंगलवार दिउँसो पदभार ग्रहण गर्नुभएको हो । त्यस क्रममा उहाँले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको आवश्यकता र प्राथमिकता निर्धारण गर्नका लागि तीन सदस्यीय कार्यदल बनाउने पहिलो निर्णय पनि गर्नुभयो । विगतका कामको अनुभवको अध्ययन गर्दै देशकाे आवश्यकता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्यसम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न कार्यदल बनाउने पहिलो निर्णय गरेको नवनियुक्त उपप्रधानमन्त्री लिङ्देनले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले यो मन्त्रालयअन्तर्गत हुने कामहरूको बारेमा योजनाबद्ध ढङ्गले कामलाई अगाडि बढाउनका लागि विगतमा भएका कामहरूको अनुभवसमेतलाई ध्यानमा राखेर ती सबैलाई अध्ययन गर्दै आउँदाे पाँच वर्षमा रणनीतिक योजना बनाउनका लागि एउटा कार्यदल बनाउने निर्णय गरेका छौँ । तीन सदस्यीय कार्यदल बनाएका छौं । मन्त्रालय कुनै पनि राम्रो/नराम्रो भन्ने हुँदैन । सबै मन्त्रालयको आ–आफ्नो ठाउँमा महत्त्व छ । त्यो महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनुलाई मैले एउटा महत्त्वपूर्ण अवसरको रूपमा लिएको छु ।’
नवनियुक्त उपप्रधानमन्त्री लिङ्देनले आफूले जिम्मेवारी लिएको मन्त्रालयको काम चुनौतीपूर्ण रहे पनि त्यसलाई अवसरमा बदल्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयाे, ‘भन्नेहरूले सरकारमा गयो कि बिग्रिहाल्छ जानै हुँदैन है राजेन्द्र लिङ्देनजस्ता मानिसहरू भन्थे । नेपालको सन्दर्भमा सरकार जानु, मन्त्री हुनु भनेको नै चुनौतीपूर्णजस्तो ठानिन्छ । किनकि त्यहाँ गएपछि मान्छे बिग्रिन्छ नै भनेर । यो चुनौतीपूर्ण छ । तर म यसलाई अवसरमा परिणत गर्छु । मलाई त्यो दृढ विश्वास छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।