इंलिस प्रिमियर फुटबलमा आज पाँच वटा खेल हुँदै
मंसिर १५, २०८१ शनिबार
धनुषा – मधेस प्रदेश सभाको सभामुख पदमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ ।
प्रदेश सभाकाे आज मङ्गलवारकाे बैठकमा मत विभाजन गर्दा मण्डलले उपस्थित सांसद सङ्ख्या एक सय तीनमध्ये ७४ मत प्राप्त गर्नुभयाे । उहाँकाे विपक्षमा २९ मत परेकाे छ । माओवादी छोडेर एमाले रोज्नुभएका मण्डल धनुषा क्षेत्र नम्बर १ (ख) बाट विजयी हुनुभएको थियो ।
मण्डललाई नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी आठ दलले समर्थन गरेका थिए ।
सभामुखका लागि नेपाली कांग्रेसका जङ्गीलाल राय यादव पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो । उहाँलाई नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेको थियो ।
बैठक अहिले ६ बजेसम्मका लागि स्थगित गरिएको छ । त्यसपछि बस्ने बैठकबाट आजै उपसभामुखको चुनाव गरिने सभाध्यक्ष गोविन्दबहादुर न्यौपानेले प्रदेश सभालाई जानकारी गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।