इंलिस प्रिमियर फुटबलमा आज पाँच वटा खेल हुँदै
मंसिर १५, २०८१ शनिबार
मकवानपुर – पाँचौँ बाग्मती गोल्ड कप फुटबलको उपाधि अमेरिकाको भुटनिज युथ स्पोर्ट्स क्लबले जितेको छ ।
मकवानपुरको बाग्मती गाउँपालिकाको जनता माविको मैदानमा आज मङ्गलवार भएको खेलमा भुटनिजले सङ्कटा क्लबलाई 'सडन डेथ' मा ७–६ गोलले हराएर उपाधि जितेको हो ।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो, पेनाल्टीमा पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो मिनेटमै भुटनिजले अग्रता लिएकाे थियो । भुटनिजका लागि प्रविन बस्नेतले गोल गरेका थिए । त्यस्तै खेलको छैटाैँ मिनेटमा प्रविनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए । तर त्यो अग्रता पहिलो हाफको खेलमै तोडियो । सुनिल बलले खेलको ९ र २२ औँ मिनेटमा गोल गर्दै सङ्कटालाई खेलमा फर्काए ।
विजेता भुटनिज युथले आठ लाख र उपविजेता सङ्कटाले नगद चार लाख रुपैयाँ पुरस्कार पाएको छ । बाग्मती खेलकुद विकास समितिको आयोजना भएको प्रतियोगितामा दुई घरेलु, एक विदेशी र सात ए डिभिजन टाेलीसहित १० टोलीको सहभागिता रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।