इंलिस प्रिमियर फुटबलमा आज पाँच वटा खेल हुँदै
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - उपसभामुख इन्दिरा रानाले सांसदहरु काठमाण्डाैमुखी भएर बस्न नहुने बताउनु भएकाे छ । आज संसद् भवनमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सांसद काठमाण्डौमुखी भए गाउँ जाँदा नागरिकले राँको बालेर लखेट्ने बताउनु भएकाे हाे ।
'हामी काठमाण्डौ केन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा नागरिकले राँको बालेर खेदाउँछन् । सांसदहरु काठमाण्डौ केन्द्रित हुनुहुँदैन । सांसदहरुले स्थलगत अवलोकन गरेर नागरिकका समस्यालाई उठाउनु पर्छ ' उहाँले भन्नुभयाे ।
यस्तै उहाँले अवलाेकनका क्रममा उपसभामुख पदलाई हेप्ने गरेको पाएकाे बताउनुभएको छ । उहाँले उपसभामुखलाई उप/चुप जस्ता वाक्यांशहरु प्रयोग गरेर हेप्ने गरेको बताउनु भयो । आफू उपसभामुख भइसकेपछि केही जिल्ला भ्रमण गर्दा यस्ताे पाइएकाे उहाँले बताउनु भएकाे हाे ।
उहाँले भन्नुभयो, ‘मैले केही गाउँकाे अवलाेक गरेँ । उपसभामुखलाई उप, चुप भन्ने गरेकाे पाएँ । मैले यसमा उप अब उपर अर्थात् माथि जाने हो भनेर आएकी छु ।' उपसभामुख रानाले सांसदहरुले स्थलगत अवलोकन गरेर गाउँघरका समस्यालाई संसदमा उठाउनुपर्ने बताउनु भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।