इंलिस प्रिमियर फुटबलमा आज पाँच वटा खेल हुँदै
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दैछ । हिजो अबेरसम्म बसेको बैठकमा कुनै निर्णय हुन नसकेपछि आज फेरि बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजे बस्ने छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको छ ।
नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलासँगै गुमेको गृह मन्त्रालय पुनः पाउनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको माग छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको पूर्णपाठ नआइसकेको तथा सभापति रवि लामिछानेको राहदानी विवाद छानबिनको विषय बनेकाले अस्वीकार गर्दै आउनु भएको छ ।
हिजो गृहबाहेकको अरु कुनै मन्त्रालय लिन सत्ता साझेदार दलका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रस्ताव गर्नु भएको थियो । यस विषयमा लामिछानेले पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ दिनु भएको थियो । त्यसपछि हिजो अबेरसम्म बैठक बसेको थियो । तर बैठकले कुनै पनि निर्णय गर्न सकेन । आज निर्णायक छलफल गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताउनु भएको छ ।
नागरिकता विवादमा सर्वोच्चको फैसलापछि लामिछाने सांसदसहित उपप्रधान र गृहमन्त्रीबाट पनि पदमुक्त हुनुभएको थियो । नेपाली नागरिकता पुनः प्राप्ति गरेलगत्तै उहाँले गृहमन्त्रीमा पुनर्बहाली गर्न दबाब दिनु भएको थियो । तर, गृह मन्त्रालय दिन नसकिने प्रधानमन्त्री प्रचण्डको अडान पछि उहाँले सरकारलाई दुई दिनको अल्टिमेटम दिनु भएको थियो । यो अल्टिमेटम हिजो नै सकिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।