इंलिस प्रिमियर फुटबलमा आज पाँच वटा खेल हुँदै
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय शृङ्खलामा नामिबियाले नेपाललाई २ सय ८६ रनकाे विशाल लक्ष्य दिएकाे छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ८५ रन बनायाे । नामिबियाका लागि माइकल भान लिगेनले सर्वाधिक १ सय ३३ रन बनाए । १ सय ३७ बलकाे सामना गरेका लिगेनले ९ चाैका र ५ छक्का प्रहार गरे । एकदिवसीयमा उनकाे याे अहिलेसम्मकै व्यक्तिगत उच्च स्काेर हाे । यस्तै कप्तान गेरहार्ड इरासमसले ५६ र जेन ग्रीनले ३४ रन बनाए ।
बलिङतर्फ नेपालका करण केसीले ५, सन्दीप लामिछानेले ३ तथा साेमपाल कामी र कुशल मल्लले १/१ विकेट लिए ।
याे शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । नेपालले आउँदो शुक्रवार स्कटल्यान्डसँग, शनिवार नामिबियासँग र मङ्गलवार फेरि स्कटल्यान्डसँग खेल्नेछ ।
अङ्क तालिकामा नेपाल २४ खेलमा १८ अङ्क जोडेर छैटौँ स्थानमा छ । नामिबिया ३० खेलमा ३७ अङ्क जोडेर तेस्रो स्थानमा छ । यस्तै स्कटल्यान्ड ३२ खेलमा ४६ अङ्कसहित शीर्ष स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।